• ३ असोज २०८३, शनिबार
  • २ः५२ दिउँसो

टेकु अस्पतालको धरौटी रकम लिने निर्णय फिर्ता

प्रकाशित मिति

२०७७ कार्तिक १७ गते, सोमबार ०६:५४

काठमाडौं, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)ले आइसीयू र आइसोलेशनमा उपचार गर्नुपर्ने कोरोनाका बिरामीबाट धरौटी रकम नलिने भएको छ । टेकु अस्पतालले कात्तिक १३ गते आइसीयू र आइसोलेशनमा उपचार गर्न धरौटी रकम तोकेको थियो ।

National Life

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि अस्पताल पूर्ववत् निर्णयबाट पछि हटेको हो । टेकु अस्पतालले निःशुल्क रुपमा पीसीआर परीक्षण गनर्काु साथै औषधि र ल्याब परीक्षण निःशुल्क गर्दै आएको सरुवा रोग बिशेषज्ञ डा। अनुप बास्तोलाले बताए । कोभिड—१९ भएर स्वास्थ्य उपचारका लागि निम्नवर्गीय तथा मध्यम वर्गीय परिवारका बिरामी धाउने सरकारी अस्पताल मध्ये प्रमुख टेकु अस्पतालमा मानिन्छ ।

विपन्न, जेष्ठ नागरिक ७० वर्षभन्दा माथि अति अपाङ्गता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचयपत्र भएमा आर्थिक अवस्था हेरेर आवश्यकताका आधारमा उपचार छुट दिने उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया