• ८ असोज २०८३, बिहीबार
  • ५ः२२ बेलुका

बैंक आजबाट पाँच दिन बन्द रहने

प्रकाशित मिति

२०७७ कार्तिक ७ गते, शुक्रबार ११:३०

काठमाडौं,कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले आजदेखि पाँच दिन आफ्ना शाखाहरु नखोल्ने भएका छन् ।

National Life

गतवर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् ।

बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले फुलपातीको दिनदेखी कोजागत पूर्णिमासम्म बैंकका देशभरका शाखाहरु नखोल्ने निर्णय गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया