• ८ असोज २०८३, बिहीबार
  • ५ः३८ बेलुका

बजारमा थपिए ४ लाख माथि लगानीकर्ता ३ महिनामा नै प्राथमिक ,

प्रकाशित मिति

२०७७ आश्विन २७ गते, मंगलवार ०४:४०

काठमान्डौ, आईपिओमा त थोरै रकम लगानी गरे पनि हुने रहेछ। घरमा बाआमा भाई बहिनी सबै जनाको बैंक खाता छ । सबैको डिम्याट खाता खोले सबैलाई आईपीओ भर्न लगाउनु पर्यो । भाग्यमा भए परिवारका सदस्यहरुलाई दश कित्ता पर्यो भने यसो उहाँहरुलाई खर्च हुन्छ नी ” काठमान्डौमा पढ्दै र कमाँउदै गरेका रामले सुत्ने बेला सोच्छन्।

National Life

रामपनि केही समय अघि मात्र आईपीओ भर्न थालेका थिए र उनलाई केही कम्पनीको दश कित्ता आईपीओ पनि परेको छ। उनी आईपीओ मार्फत गरिएको लगानीबाट दङ्ग छन्। गाउँमा रहेका परिवारका सदस्यहरुले डिम्याट खोल्न र आईपीओमा आवेदन दिन नजान्ने भएकोले उनी दशैँको बेलामा घर गएको मौकामा परिवारका सबै सदस्यको डिम्याट खाता खोलाउन सहयोग गर्ने योजना बनाएका छन् ।

अहिले आईपीओमा लगानी गर्ने लगानीकर्ताको संख्या निकै बढेको छ। सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा करिव ९ लाख लगानीकर्ताले आवेदन दिएका छन् । आहिले आईपीओको क्रेज नयाँ उचाईमा पुगेको छ। देश विदेशमा रहेका सबै जना तातेको अवस्था छ। झन नेपाल पुर्नार्बीमाको आईपीओ पश्चात भने झन् माहोल तातेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै दोश्रो बजारमा जीवन बीमा कम्पनीहरुको मूल्यले राम्रो प्रदशन गरेकोमा अझै ९ नयाँ जीवन बीमा कम्पनीको आईपीओ आउँन बाँकी छ । यसले पनि झनै माहोल तताउने छ।

माथि रामको उदाहरण दिए जस्तै अहिले आईपीओको महत्त्व बुझेका धेरै लगानीकर्ताहरुको विकास भएको छ । दशैँ र तिहारको फुर्सदको समयमा आफ्नो परिवारको सदस्यको डिम्याट खाता खोलेर आईपीओ हाल्ने वातावरण बनाउने योजनामा धेरै लगानीकर्ता छन् ।

नेपाल पुनर्बीमाको आईपीओ पश्चात नेपालको प्राथमिक बजार तातेको देखिन्छ। नेपाल पुनर्बीमाको ५० कित्ता सम्म लगानीकर्तालाई शेयर पारेको र अहिले पुनर्बीमाको शेयर मूल्य दोश्रो बजारमा ९०० को आसपास सम्म पुग्न सफल भएको कारणले गर्दा पनि धेरै लगानीकर्ताले आईपीओ भर्ने पर्ने रहेछ भनी मनोविज्ञान बनाएका छन् ।

तथ्यांकलाई आधार मान्द असोज १० गते देखि एनआईसी एशिया लघुवित्तको आईपीओ खुलेको थियो । लघुवित्तको आईपीओमा ३ लाख ९७ हजार ७ सय ४१ लगानीकर्ताको आवेदन परेको थियो ।

अहिले भर्खरै सानिमा लाईफ इन्स्योरेन्सको आईपीओको आवेदकको संख्यालाई आधार मान्दा ८ लाख ८२ हजार ७ सय ३ लगानीकर्ताले आवेदन दिएका थिए । यसको अर्थ यो तीन महिनाको अवधिमा नै आवेदन दिने लगानीकर्ताको संख्या दोब्बरले वृद्धि भएको छ। असार महिना देखि असोजमहिना सम्म आउँदा आईपीओमा आवेदन दिनेको संख्या करिव ४ लाख ८४ हजारले वृद्धि भएको छ ।

यसरी प्राथमिक बजारमा धेरै लगानीकर्ताको प्रवेश संगै नेपाली शेयर बजारको भाविश्य उज्ज्वल छ भनी बुझ्दा फरक पर्दैन। कुनै न कुनै दिन प्राथमिक बजारमा सहभागी केही लगानीकर्ताहरु दोश्रो बजारमा प्रवेश गर्ने छन् ।

नोट काल्पनिक नाम प्रयोग गरिएको

 

प्रतिकृया