• १ असोज २०८३, बिहीबार
  • १ः१६ दिउँसो

आजको मौसम

प्रकाशित मिति

२०७७ आश्विन १६ गते, शुक्रबार ०६:२४

काठमाडौं, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज उत्तर पश्चिम वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ। महाशाखाले हाल देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिकदेखि सामान्य बदली भइरहेको जनाएको छ ।

National Life

यसैगरी, शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ ।भने, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ ।यस्तै, राति प्रदेश १, प्रदेश २, बागमती प्ररदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ।साथै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया