• १५:१४ २०८० चैत्र १६ गते
  • 3:14 pm

प्रयोग भइसकेको कण्डम बटुुलेर बिक्री गर्ने गिरोह पक्राउ

प्रकाशित मिति

२०७७ आश्विन १० गते, शनिबार ११:४४

Illegal condom recycling facility raided in Vietnam cVUFn1TKqH

एजेन्सी,संसारमा यस्ता मानिस धेरै छन्, जसले आफ्नो फाइदाका लागि अन्य व्यक्तिको ज्यान पनि दाउमा राखिदिन्छन् । दक्षिण पूर्वी एशियाली देश भियतनाममा यस्तै घटना सार्वजनिक भएको छ । यहाँ, प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार कण्डम बरामद गरेको छ । यी कन्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको थियो । यो कण्डम देशको दक्षिणी प्रानत बिन्ह दुुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो ।

भियतनामको सरकारी टिभी च्यानल विटीभीको रिपोर्टअनुसार कन्डमले भरिएका यी ब्यागहरुको वजन ३ सय ६० किलो छ । यस गोदामका मालिकका अनुसार उनले अज्ञात व्यक्तिबाट हरेक महिना प्रयोग भइसकेका कन्डमको ब्याग लिने गरेका थिए । प्रहरी छापाका दौरान पक्राउ परेकी एक महिलाले दिएको बयानअनुसार प्रयोग भइसकेका यी कण्डमलाई पहिलो उम्लिएको पानीमा हाल्ने गरिन्थ्यों, त्यसपछि सुकाइन्थ्यों ।

महिलाका अनुसार त्यसपछि यस कण्डमलाई काठको लिङ्गमा राखेर फेरि पुरानै आकार दिइन्थ्यों । त्यसपछि फेरि प्याकेटमा भरेर बेच्ने गरिन्थ्यों । टिभी च्यानलका अनुसार प्रयोगमा आएका यस्ता कति कण्डम फेरि बिक्री भयो भन्ने विषय अहिले खुलेको छैन । महिलाका अनुसार उनले जति किलो कण्डम बनाउथिंन्, त्यहीअनुसार पैसा आउथ्यों । स्थानीयका अनुसार होटल र पसलहरुमा यी कण्डमको बिक्री हुने गरेको थियो । जनस्वास्थविद्हरुका अनुसार कण्डमलाई एकपटक प्रयोग गरेपछि तत्कालै नस्ट गर्नुपर्ने हुन्छ । स्रोत : बीबीसी

प्रतिकृया