• ८ असोज २०८३, बिहीबार
  • ५ः४२ बेलुका

एकै दिन १४ फरार अभियुक्त पक्राउ

प्रकाशित मिति

२०७७ आश्विन ९ गते, शुक्रबार ०९:०५

सप्तरी, प्रहरीले विभिन्न मुद्धामा फरार रहेका १४ जनालाई आज पक्राउ गरेको छ । जिल्ला अदालतबाट विभिन्न मुद्धामा फैसला भएपछि फरार रहेकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

National Life

घरमै लुकिछिपी बसिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरी आज जिल्ला अदालतमा उपस्थित गराएको प्रनाउ भारतीले बताउनुभयो । पक्राउ पर्नेमा कुटपिट अङ्गभङ्ग मुद्धाका फरार राजविराज नपा–९ का शुबंस साह र उहाँकी श्रीमती लिलावती साह छन् । कुटपिट मुद्धामा राजविराज–१ का ४५ वर्षीय शंकरकुमार यादव र उहाँका भाइ ३५ वर्षीय लक्ष्मण यादव पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउपर्नेमा कुटपिट मुद्धामा फरार राजविराज–१ का ९८ वर्षीय उतिमलाल यादव समेत छन् । ज्यान मार्ने उद्योग र कुटपिट मुद्धामा राजविराज–९ का ७६ वर्षीय झौली नुनिया पक्राउ परेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी कुटपिट मुद्धामा राजविराज–१ का शत्रुधन यादव, सोही वडाका ३० वर्षीय लक्ष्मी यादव, राजविराज–९ का ४४ वर्षीय गुलाबलाल दास, सोही वडाका ४५ वर्षीय जुक्ति यादव र ६६ वर्षीय सुबी यादव रहेको प्रहरीले जनाएको छ । लुटपिट मुद्धामा राजविराज–१ का ७५ वर्षीय गोसाई यादव, केही सार्वजनिक अपराध मुद्धामा राजविराज–१ का ४८ वर्षीय बडेलाल यादव र जालसाजी मुद्धामा राजविराज–६ का ५६ वर्षीय झबर यादव पक्राउ परेको प्रनाउ भारतीले बताउनुभयो ।
रासस

प्रतिकृया