• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

सातको दोस्रो दिन नेप्सेमा उछा, करिब साढे ३ अर्बको कारोबार

प्रकाशित मिति

२०७७ भाद्र १५ गते, सोमबार ०३:३६

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सातको दोस्रो दिन सोमबारको कारोबारमा उछाल आएको छ । सोमबार नेप्से २२ दशमलव ३१ अंकले बढेर १ हजार ४८४ दशमलव ९९ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज ३ अर्ब ४६ करोड २५ लाख बढीको कारोबार भएको छ । यो कारोबार लकडाउन यताकै सर्वाधिक कारोबार हो ।

Kamana Sewa

आज कारोबार भएका मध्ये ११७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३४ वटा कम्पनीले गुमाएका छन् । यसमध्ये ८ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

Classic Tech Desktop

आज पनि सर्वाधिक कारोबार गर्नेमा पुर्नबिमा कम्पनी बनेको छ । जसको झण्डै २९ करोडको कारोबार भएको छ भने नेको इन्स्योरेन्स कम्पनी १७ करोड ७८ लाख कारोबार भएर दोस्रो स्थानमा रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको १६ करो ८१ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिकृया