• ८ असोज २०८३, बिहीबार
  • २ः११ दिउँसो

डिआइजीसहित देशभर ७४१ प्रहरीमा कोरोना पुष्टि

प्रकाशित मिति

२०७७ भाद्र ४ गते, बिहीबार ०१:२९

काठमाडौं, कोरोना महामारी झन तीब्र बनेसँगै अग्रपक्तिमा रहेर सुरक्षा, उद्धार र सचेतनालगायतका काम गर्दै आएका सुरक्षाकर्मी आफै कोरोना संक्रमित हुने क्रम बढेको छ । अहिलेसम्म दुई डीआईजीसहित नेपाल प्रहरीमा ७४१ जनामा कोरोना संक्रमण देखिइसकेको छ । जसमध्ये ४५७ जना सक्रिय संक्रमित छन् ।

National Life

२८४ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १६९ र उपत्यकाका ३८ जना सक्रिय संक्रमित छन् ।

प्रदेश– १ मा २९, प्रदेश २ मा ६२, वाग्मती प्रदेशमा ४८, गण्डकीमा ४३, प्रदेश ५ मा ५५, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ६ जना सक्रिय संक्रमित रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया