• २८ भदौ २०८३, आइतबार
  • ५ः२० बेलुका

आज देशभर आंशिकदेखि सामान्य बदली कायमै रहने

प्रकाशित मिति

२०७७ भाद्र ३ गते, बुधबार ०८:५१

 

National Life

काठमाडौं, मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली कायमै रहने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ ।

अहिले प्रदेश नम्बर ५ कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश तथा आसपासका भू(भागका मेघ गर्जन साहित कन्चनपुर, डडेलधुरा,डोटी,कैलाली, बर्दिया, अछाम,सुर्खेतमा वर्षा भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै,आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले गण्डकी प्रदेश, कर्णाली प्रदेशका तथा सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहमा भारी वर्षा हुन सक्ने जनाएको छ ।

आज साँझसम्म देशभर सामान्यतया बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोसमेत महाशाखाले जनाएको छ ।

प्रतिकृया