• ४ असोज २०८३, आइतबार
  • ६ः१७ बिहान

मलामी गएका एक युवक महाकालीमा बेपत्ता

प्रकाशित मिति

२०७७ भाद्र १ गते, सोमबार ०९:४३

 

National Life

कञ्चनपुर, मलाम गएका एक युवक महाकाली नदीमा बगेर बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–९ बस्ने आफन्तको आज मलाम गएका वेदकोट नगरपालिका–७ गाउजीका अन्दाजी १७ वर्षीय जनक साउद महाकालीमा बेपत्ता भएका हुन् ।

अन्तिम संस्कारमा सहभागी भई नुहाउन जाँदा उनी नदीको वहाबमा परी बगेका हुन् । ब्रह्मदेवस्थित महाकाली नदीको घाटमा बगेर बेपत्ता साउदको खोजीका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बिहान करीब ९ बजे बेपत्ता भएका साउदको खोजी जारी रहेको सीमाचौकी ब्रह्मदेवका प्रहरी नायब निरीक्षक जनकराज जोशीले जानकारी दिए ।

प्रतिकृया