• ३ असोज २०८३, शनिबार
  • ६ः१६ बेलुका

सरकारको उद्धार उडान स्थगित गर्ने निर्णय

प्रकाशित मिति

२०७७ भाद्र १ गते, सोमबार ०९:२६

 

National Life

काठमाडौं, विदेशबाट फर्किएका नेपालीलाई सम्बन्धित जिल्लामा व्यवस्थापन गर्न कठिनाई हुने भन्दै सरकारले उद्धार उडान स्थगित गर्ने निर्णय गरेको छ ।

विदेशबाट दैनिक ५ सयको संख्या नबढाइ उद्धार उडानबाट नेपाली ल्याउने निर्णय गरे पनि ४१ भन्दा बढी जिल्लामा भएका अनेकखाले प्रतिबन्धले सम्बन्धित ठाउँमा पठाउन गारो हुने भएपछि उद्धार उडान स्थगित गरिएको नागरिक उड्ययन प्राधिकरण स्रोतले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पछिल्ला दिनमा संक्रमित बढेसँगै विभिन्न जिल्लामा कतै निषेधाज्ञा कतै लकडाउन र सिल नै गरिएपछि विदेशबाट ल्याइएको व्यवस्थापनमा समस्या हुने सरकारको विश्लेषण छ ।

उद्धार उडान रोक्ने सरकारको निर्णयसँगै विभिन्न वायुसेवा कम्पनीले गर्ने भनिएको उद्धार उडान अर्को सूचना नभएसम्मका लागि रद्द भएका छन् ।

कोभिड–१९ महामारीका कारण सोमबारदेखि नै पाँचौं चरणको उद्धार उडान सुरू भएको एक दिन नहुँदै उडान स्थगित गरिएको हो ।सोमबार हिमालय एयरलाइन्सले मलेसियाबाट र फ्लाई दुवइको उडानबाट गरी ३१८ जना नेपाली स्वदेश फर्किएका थिए ।

प्रतिकृया