• 6:50 am

बागमती प्रदेशसभाकी उपसभामुख तामाङलाई कोरोना संक्रमण

प्रकाशित मिति

२०७७ भाद्र १ गते, सोमबार ०८:१०

 

मकवानपुर । बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा उनमा कोरोना पुष्टि भएको हो । सोमबार आएको रिपोर्टमा उपसभामुख तामाङसहित १६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो।

तीन दिनअघि उपसभामुख तामाङको स्वाब लिइएको थियो। त्यसअघि लिइएको स्वाबबाट पनि रिपोर्ट शंकास्पद आएपछि फेरि परीक्षण गरिएको थियो।

सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडास्थित सरकारी आवासमा सेल्फ आइसोलेशनमा रहेकी छन्। तामाङसँगै उनका छोरामा पनि कोरोना देखिएको छ । तामाङमा कुनै स्वास्थ्य समस्या देखिएको छैन।

प्रतिकृया