• ३ असोज २०८३, शनिबार
  • ९ः५५ राती

यातायात कार्यालयको सेवा बन्द, लाइसेन्स र ब्लुबुक नवीकरण लगायतका सेवा समेत रोकियो

प्रकाशित मिति

२०७७ भाद्र १ गते, सोमबार ०८:०२

 

National Life

काठमाडौं, कोरोना संक्रमित थपिएपछि काठमाडौं उपत्यकाका सबै यातायात कार्यालयहरु बन्द भएका छन्।

कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेका हुन्। मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले कोरोना संक्रमण बढेको भन्दै जनसम्पर्क धेरै हुने कार्य नगर्न निर्देशन जारी गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

अहिलेलाई सवारी चालक अनुमतिपत्र, ब्लुबुक नवीकरण लगायतका सेवा बन्द हुने छन्। वाग्मति प्रदेश कार्यकालयले अत्यावश्यक सेवा वाहेकका अन्य सेवा बन्द गर्न भनेपछि उपत्यकाका कार्यालयबाट दिइने सेवा बन्द गरिएको हो।

प्रतिकृया