• ५ असोज २०८३, सोमबार
  • ७ः०८ बिहान

कैलालीका अधिकांश कार्यालयमा छैन स्तनपानकक्ष

प्रकाशित मिति

२०७७ श्रावण १८ गते, आईतवार ०८:०३

टीकापुर, टीकापुर नगरपालिकामा कार्यरत कार्यालय सहयोगी राधा चौधरीको डेढ वर्षको बच्चा छ । उहाँ सुत्केरी भएपछि दुई महिना बिदामा बस्नुभयो । तीन महिनादेखि उहाँले बच्चा लिएर कार्यालयमा हाजिर हुनुभयो । “म कार्यालयको पछाडिपट्टिको बरण्डामा घरबाट ल्याएको खाटमा बच्चा राख्थेँ, खुला ठाउँ गर्मीमा घाम, दिउँदमा सिरेटो, अनि लामखुट्टेले टोक्थे”, उहाँ सम्झनुहुन्छ, “बच्चा हेरालु भए पनि खुला ठाउँमा दूध चुसाउन अप्ठ्यारो लाग्थ्यो । कहिलेकाहीँ दूध चुसाइरहेको समयमा मानिस आए बच्चालाई पेटभरि दूध खुवाउँदैनथेँ ।”

National Life

तर आजभोलि चौधरीलाई ढुक्क छ । बच्चाले घरमाजस्तै श्ययामा सुतेर दूध चुस्न पाएको छ । निदाउँदा झुलुङ्गामा सुत्छ । “बच्चालाई आराम भएको छ । मलाई पनि आनन्द भएको छ”, उहाँ थप्नुहुन्छ, “हरेक कार्यालयमा यस्तो सुविधा होस्, महिला कर्मचारीका समस्याबारे ध्यान दिइयोस् ।”

राधामात्र होइन स्तनपानकक्ष स्थापनापछि सेवा लिन आउने महिलालाई राहत भएको छ । टीकापुर–३ शङ्करपुरकी सुरक्षा विकले छोरी जन्माइन् । उहाँ छोरीको जन्मदर्ता गर्न र हाम्री छोरी प्यारी छोरी कार्यक्रममा खाता खोल्नका लागि नगरपालिका आउनुभयो । “म नगरपालिका झण्डै चार घण्टा बसेँ, मलाई छोरीलाई दूध कसरी चुसाउने भन्ने तनाव थियो”, सुरक्षाले भन्नुभयो, “स्तनपानकक्ष रहेछ । तीन महिनाकी छोरी दूध चुसाएपछि निदाइन्, मैले सबै काम भ्याएँ, खुशी लाग्यो ।”

Classic Tech Mobile
Classic Tech Desktop

कैलालीको टीकापुर नगरपालिका कार्यालयमा स्तनपानकक्ष सञ्चालनमा आएपछि उहाँहरुलाई स्तनपान गराउन सहज भएको हो । नगरपालिकाले महिला कर्मचारी र कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीलाई स्तनपानका लागि सहज बनाउन गत असार महिनामा सो कक्षको निर्माण गरेको थियो । स्तनपानकक्षमा शिशुलाई सुताउन मिल्ने श्यया, खेलाउने झुलुङ्गा र केही खेलौना राखिएका छन् ।
सरकारले सबै सरकारी कायालयलाई महिलामैत्री बनाउन स्तनपानकक्ष स्थापना गर्न निर्देशन दिएको छ । तर कैलालीका अधिकांश कार्यालयमा स्तनपानकक्ष छैन । अब कार्यालयमा आउने सेवाग्राही महिला पनि बच्चा बोकेर आए अब स्तनपान गराउन सहज वातावरण तयार भएको छ । “आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण हुन्छ । आमाको दूध शिशुका लागि अमृत समान हुने भएकाले स्तनपानकक्ष निर्माण गरेको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका सिनियर अनमी हेमा ज्ञवाली बताउनुहुन्छ, “स्तनपान गर्ने बच्चा र गराउने आमा दुवैको स्वास्थ्य राम्रो हुन्छ । बच्चा जन्मिएपछि छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ तर काममा हिँड्नुपर्ने, कामकाजी आमाका लागि हरेक कार्यालयमा स्तनपान गराउने वातावरण आवश्यक छ ।”

उहाँले स्नतपानको महत्व बुझाउन नगरपालिकाले स्तनपान सप्ताहसमेत शुरु गरेको छ । “छ महिना पूरा भएपछि आमाको दूधका साथसाथै थप पोषिलो आहार खुवाउन आवश्यक हुन्छ, कम्तीमा दुई वर्षसम्म आमाको दूधलाई निरन्तरता दिँदै थप आहार खुवाउनुपर्छ भनी बस्तीस्तरमा सिकाउन थालेका छौँ”, उहाँले भन्नुभयो, “अबको एक साता स्तनपानबारे छलफल थालेका छौँ ।”रासस

प्रतिकृया