• १० असोज २०८३, शनिबार
  • १२ः०३ दिउँसो

बिद्यार्थी बोकेको बस दुर्घटनाग्रस्त

प्रकाशित मिति

२०७७ श्रावण १३ गते, मंगलवार ०७:४२

एजेन्सी। एउटा माध्यमिक विद्यालयका छात्र छात्रा बोकेको बस आइतवार भियतनाममा दुर्घटनाग्रस्त हुँदा तेंह्र जना ज्यान गएको छ । बिद्यार्थीहरुको पुनर्मिलन कार्यक्रमतर्फ गइरहेको सो बस एउटा राजमार्ग घुम्तीमा पल्टिएको थियो ।

National Life

दोंग होइ हाइस्कुलका करिव चालिस जना बिद्यार्थी सवार बस तिनीहरुको तिसौं दिक्षान्त समारोहमा सहभागि हुन मध्य क्वाँग बिन्ह प्रान्त तर्फ गइरहेको थियो । सरकारी संचार माध्यमका अनुसार अचानक एउटा घुम्तिमा ड्राइभरले बसमाथिको नियनत्रण गुमाएका थिए । टुओइ ट्रेइ अखवारका अनुसार यस दुर्घटनामा थुप्रै व्यक्ति घाइते भएको तथा मोडको भिरालोमा अचनाक ब्रेक फेल भएको जस्तो देखिएको जनाएको छ ।

विश्व स्वास्थ संगठन डब्ल्युएचओ ले भियतनममा सडक यात्रा निकै खतरनक भएको र १५ देखि २९ वर्ष उमेर समुहका मानिसहरु सबैभन्दा बढि यस्तो दुर्घटनामा मर्ने गरेको तथ्यांक प्रकासित गरेको छ । यो समाचार आजको समाचार पत्रले छापेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया