• ३ असोज २०८३, शनिबार
  • ९ः२८ राती

२६ सह-सचिवको सरुवा,को कहाँ ? (सूचीसहित)

प्रकाशित मिति

२०७७ श्रावण ८ गते, बिहीबार ०५:१७

 

National Life

काठमाडौं । सरकारले २६ जना सह–सचिवको सरुवा गरेको छ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्मालाई ई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश पोखरामा सरुवा गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै गृह मन्त्रालयका सहसचिव मदन भुजेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मती प्रदेश हेटौँडा सरुवा गरिएको छ।

गृह मन्त्रालयका सह–सचिव ज्ञानेन्द्र पौडेल अर्थ मन्त्रालय, गृह मन्त्रालयका सह–सचिव ध्रुवकुमार पोखरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालयका सहसचिव राष्ट्रपति कार्यालय, काठमाडौँ, गृह मन्त्रालयका सहसचिव जगनाथ पन्त धनगढी उपमहानगरपालिका, कैलालीमा सरुवा भएका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेश पोखराका सहसचिव किरण राज शर्मालाई संचार तथा सूचना मन्त्रालयमा सरुवा गरेको छ। त्यस्तै गरी आन्तरिक मामिला तथा कानून मन्त्रालय बाग्मती प्रदेश हटौंडाका सह–सचिव विनोद प्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालय सरुवा गरिएको छ।

भरतपुर महानगरपालिका, चितवनका सहसचिव प्रेमराज जोशी रक्षा मन्त्रालय, हेटौडा उपमहानगरपालिका, मकवानपुरका सहसविचव राजेश पौडेल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, जितपुर सिमरा उपमहानगरपालिका, बाराका सहसचिव प्रदीप राज अधिकारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सरुवा गरिएको छ।

प्रतिकृया