मेस्सी र रोनाल्डोः एकै समयका दुई कीर्तिमानी खेलाडी
प्रकाशित मिति
२०७७ श्रावण ७ गते, बुधबार ०१:५३
एजेन्सी । वर्तमान समयका उत्कृष्ट फुटबलर को हुन् तरु यस प्रश्नमा धेरैको जवाफ आउँछ – मेसी तथा रोनाल्डो । अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सी र पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोमा को उत्कृष्ट भनेर ठूलै विवाद भइरहेको हुन्छ । यी दुई खेलाडीलाई लिएर फुटबलप्रेमीहरु दुई भागमा विभाजित हुन्छन्।
हुन पनि हो, जादुमय खेल प्रदर्शन गर्ने क्षमता भएका मेस्सी र रोनाल्डोले फुटबल जगतलाई सधैं नै तताइरहेका हुन्छन् । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका मेस्सी र जुभेन्टसबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले फुटबल जगतमा सनसनीपूर्ण कीर्तिमान बनाएका छन् र बनाइरहेका छन् ।
हालै मात्र मेस्सी र रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन्। मेस्सीले स्पेनिस लिग ला लिगाको सर्वाधिक गोलकर्ता बन्दै कीर्तिमानी सातौंपटक पीचीची अवार्ड जितेका छन् भने रोनाल्डो प्रिमियर लिग, ला लिगा र सिरी एमा ५० गोलको आँकडा पार गर्ने एकमात्र खेलाडी बनेका छन् । रोनाल्डोले ला लिगामा ३ सय ११ , प्रिमियर लिगमा ८४ र सिरी ए मा ५१ गोल गरेका छन् ।






प्रतिकृया