• ६ असोज २०८३, मंगलबार
  • ८ः४३ बिहान

नेपाल बङ्गलादेश बैंकद्वारा बीमा सुविधाको लागि १५ लाख हस्तान्तरण

प्रकाशित मिति

२०७७ असार ३० गते, मंगलवार ०२:१९

 

National Life

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले बचत खाता योजनाको बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको छ ।

बैंकले धनकुटा जिल्लामा रहेको सिंधुवा शाखाका कर्मचारी बचत खातावाहक स्वर्गीय शाङ्गे शेर्पाको दुर्घटनामा परी असामाहिक निधनभएकोमा सो खातामा रहेको बीमा सुविधा अन्तर्गत दुर्घटना बीमा वापतको प्राप्त रकम १५ लाख स्वर्गीय शेर्पाकी श्रीमती पेमलमु शेर्पालाई हस्तान्तरण गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले केन्द्रीय कार्यालय कमलादीमा आयोजना गरेको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले सो रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न खालका सुविधाहरु दिँंदै आएकोमा यस प्रकारको प्रयासबाट मृत्यु भएका ग्राहकका परिवारको आर्थिक हित हुने अपेक्षा रहेको छ ।

साथै आगामी दिनहरुमा पनि बैंकले आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने जानकारी गराएको छ । बैंकले ९७ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएका छ ।

प्रतिकृया