• ७ असोज २०८३, बुधबार
  • ६ः४६ बिहान

बालुवाटार बैठकमा किन हरेक दिन फेरियो कुर्सी ?

प्रकाशित मिति

२०७७ असार १७ गते, बुधबार ०७:१०

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी बैठकमा नेताको बोलीको जति चर्चा छ कुर्सीको पनि चर्चा उत्तिकै छ।

National Life

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा असार १० गते सुरु भएको बैठक मंगलबार ९१६० सम्म गरेर चार दिन बसेको छ। पहिलो दिनको बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरे।

त्यसपछि तोस्रो दिन ९असार १२० गते बसेको बैठकमा सीमा विवादको विषयमा स्थायी कमिटीका १८ सदस्यले धारणा राखे। १३ गतेको बैठकमासमेत सीमा विवादकै एजेण्डामा २१ जना स्थायी समिति सदस्यले धारणा राखे।

Classic Tech Mobile
Classic Tech Desktop

मंगलबार ९असार १६० गतेको बैठकमा भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहित १८ स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाए। बोलेका मध्ये केही नेताले भने सरकारको समेत आलोचना गरेका छन्। यो समाचार र आजको अन्नपुर्ण पोस्टमा प्रकाशन गरेको छ ।

प्रतिकृया