• १०:४९ २०८० चैत्र १६ गते
  • 10:49 am

आज बिहानै गणडकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७७ असार १६ गते, मंगलवार ०७:२१

corona virus vaccine

काठमाडौं । गण्डकी प्रदेशमा आज बिहानै १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकीका ४ जिल्लामा थप १७ जनाका भाइरस पुष्टि भएको हो ।

थपिएका संक्रमितहरुमा स्याङजाका १, तनहुँका ५, तमजुङका ३ र कास्कीका ८ जना छन् ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद बिन्दु शर्माले जानकारि दिए ।

स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ थपिएका १७ जनासहित कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २१४ पुगेको छ ।

gandaki 3

प्रतिकृया