• 4:02 pm

‘लकडाउन’ साउन ७ सम्म लम्ब्याउने मन्त्रिपरिषद बैठकको निर्णय, सार्वजनिक यातायात र हवाई सेवा अझै बन्द

प्रकाशित मिति

June 29, 2020

काठमाडौं । सरकारले पछिल्लो समय अलि खुकुलो बनाएको लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द रहने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन्।उनले भने, ‘लकडाउन खुकुलो हुँदा जोखिम बढेपछि लकडाउनलाई कडा गर्ने निर्णय भएको छ ।’गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो ।

सोहीअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।

आजको बैठकमा कोरोना भाइरस महामारी रोकथामका विषयमा छलफल भए पनि नेपाल प्रवेश गरेको सलह र बर्खायाममा हुन सक्ने विपद्का घटनामा भने कुनै छलफल नभएको उनले बताए ।

प्रतिकृया