• ८ असोज २०८३, बिहीबार
  • २ः१४ दिउँसो

भारतमा कोरोना सङ्क्रमित संख्या ४ लाख नाघ्यो

प्रकाशित मिति

२०७७ असार ८ गते, सोमबार १२:२०

एजेन्सी, भारतमा पछिल्लो २४ घण्टाको अवधिमा (आइतबार) मात्र हालसम्मकै बढी ४२६ जनाको मृत्यु भएको छ । वर्डोमिटर्सका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार ७०३ पुगेको छ । अहिले भारतमा कुल सङ्क्रमित संख्या ४ लाख २६ हजार ९१० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । आइतबार मात्र एकै दिन त्यहाँ १५ हजार १८३ नयाँ संक्रमित फेला परेका छन् ।

National Life

अहिले भारतमा १ लाख ७५ हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी २ लाख ३७ हजारभन्दा बढी मानिसचाहिँ सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । आइतबार मात्र त्यहाँ ९ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएको जनाइएको छ ।

प्रतिकृया