• ७ असोज २०८३, बुधबार
  • ३ः३६ राती

अंगीकृत नागरिकलाई ७ वर्षपछि नागरिकता दिने प्रावधान नमान्ने कांग्रेसको निर्णय

प्रकाशित मिति

२०७७ असार ७ गते, आईतवार ०२:१८

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाली नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधानलाई नमान्ने निर्णय गरेको छ । कांग्रेसले यसअघिदेखिका प्रचलित मान्यताअनुसार नै नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिनुपर्ने बताएको छ ।

National Life

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार यसअघिदेखि नै धेरै कुरालाई विचार गरेर नै नेपाली नागरिकसँग विवाह गर्ने महिलालाई अंगीकृत नागरिकता दिइँदै आएको थियो । यसैले पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संविधान अनुसार पुरानै व्यवस्थाअनुसार अंगीकृत नागरिकता दिनुपर्ने अडानमा कांग्रेस रहेको महतले बताउनुभयो ।

यता आजै आइतबार २ बजे राज्य व्यवस्था समितिको बैठक बस्दैछ । दिउँसो बस्ने समितिको बैठकमा नेकपाका सांसदहरुको तयारी कस्तो हुन्छ त्यसैअनुसार कांग्रेसले निर्णय लिने कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया