• ५ असोज २०८३, सोमबार
  • ८ः१७ बिहान

सूर्यविनायक नगरपालिकाको सातौं नगरसभा एवं नीति तथा कार्यक्रम सार्वजनिक

प्रकाशित मिति

२०७७ असार ६ गते, शनिबार ०१:०४

भक्तपुरको बिकास रोक्ने सपना नदेख्न विपक्षीलाई –पूर्वमन्त्री तथा सांसद बस्नेतको आग्रह

National Life

सरकारको बिरोध मात्रै गर्ने प्रबृत्ति गलत रहेको बस्नेतको भनाई

भक्तपुर, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा निर्माण हुने कुनै पनि साना, ठूला योजना तथा राष्ट्रिय गौरवका आयोजनालाई यो वा त्यो बहानामा रोक्ने सपना नदेख्न विपक्षीलाई आग्रह गर्नु भएको छ । सूर्यविनायक नगरपालिकाको आजबाट सुरु भएको सातौं नगरसभा एवं नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा बोल्दै उहाँले जनताको विकासको चाहनालाई कसैले कुनै बाहनामा रोक्न नसक्ने बताउनु भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला, कर्वोड हल, आधुनिक वीर अस्पताल, स्मार्ट सिटी, आधुनीक सभागृह, राष्ट्रिय प्राणी उद्यान, कोटेश्वर जडिबुटी सुरुङ मार्गलगायतका राष्ट्रिय गौरवका आयोजनाहरु कसैको इच्छाले नरोकिने बताउदै उहाँले यस्ता आयोजना सम्पन्न भएरै छाड्ने भनाई राख्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सडक तथा सदनमा विकासको विरोध रहेको भन्दै आक्रोस व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले भन्नुभयो, ‘नेमकिपाले रंगशालाको विरोध गर्दै आएको छ, सांसद प्रेम सुवालले संसद मै पनि बिरोध गर्नुभयो, बिरोधले विकास रोकिदैन, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले अन्तर्राष्ट्रिय स्तरको रंगशाला कहाँ बनाउने मिलेर निर्णय गरोस, कुनै हालतमा रंगशाला वन्छ ।’

भक्तपुरमा १८ हजार रोपनीमा बन्ने स्मार्ट सिटी राज्यको शुन्य लगानीमा बन्ने बताउदै उहाँले स्मार्ट सिटी बनाउने र स्मार्ट सिटीले नछुने क्षेत्रमा दूईवटा नयाँ शहर निर्माणका प्रक्रिया अगाडि बढेको भनाइ राख्नुभयो । सरकारले अनियमितता, भ्रष्टाचार गर्नेलाई कारवाही गर्दै आएको र आगामी दिनमा पनि कारबाही गर्ने बताउदै उहाँले प्रधानमन्त्रीको बिरोध मात्रै गर्ने प्रबृत्ति गलत भएको उहाँले टिप्पणी गर्नुभयो ।
शुसासन र भ्रष्टाचारको विषयमा वर्तमान सरकारले उत्कृष्ट कार्यहरु गरिरहेको बताउदै उहाँले प्रधानमन्त्रीले भनेको कुरालाई गलत व्याख्या गरी विभिन्न योजनाका साथ केही व्यक्ति वा समुह लागि परेको प्रति आक्रोस व्यक्त गर्नुभयो ।

उहाँले प्रधानमन्त्रीदेखी शिर्ष व्यक्तिलाई गाली गरेर मात्र समस्या समाधान नहुने साथै प्रक्रियागत रुपमा विधिसम्मत ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो । शुसासन र भ्रष्टाचारको विषयमा वर्तमान सरकारले उत्कृष्ट कार्यहरु गरिरहेको उल्लेख गर्दै आरोप लागेका सवै मानिसलाई कानुनी कठघरामा ल्याएको उदाहरण सहित प्रस्तुत गर्नुभयो । रुकुम घटनामा संलग्न वडाध्यक्षलाई कानुनी कठघरामा ल्याएको समेत उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले भनेको कुरालाई गलत व्याख्या गरी विभिन्न योजनाका साथ केही व्यक्ति वा समुह लागि परेको प्रति आक्रोस व्यक्त गर्दै उहाँले अदुवा, तातोपानी, वेसार इम्युनिटी पावर बढाउने महत्वपूर्ण वस्तु रहेको बताउनुभयो । विभिन्न देशमा कोरोनाका कारण धेरैको संख्यामा मृत्यु समेत भएको उल्लेख गर्दै नेपालमा हालसम्म २२ जनाको मात्र मृत्यु हुनु भनेको नै नेपालीको इम्युनिटी पावर बढी रहेको समेत बताउनुभयो ।

नेपालीमा इम्युनिष्ट पावर समेत बढी रहेको हुन्छ किनकी नेपालीले दैनिक जीवनमा खानपानमा प्रयोग गरीने अदुवा, तातोपानी, वेसार लगायतले इम्युनिटी पावर वढाउने कार्य गर्छ भन्ने विभिन्न विद्वानहरुले समेत उल्लेख गरिसकेका छन् । सोही आधारमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई स्याल हुँईया गर्नुको कुनै अर्थ छैन । त्यस्तै कोरोना तथा मुलुकको विष्म परिस्थितिमा प्रतिपक्षी भन्नेहरु खट्नु नपर्ने, विगहाउसहरु जिम्मेवारी हुनु नपर्ने ?’उहाँले प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘घरमा पाँच जना पाहुना आउँदा व्यवस्थापन गर्ने भन्ने चुनौती हुन्छ । त्यसैले कोरोना रोकथाम तथा नियन्त्रणको लागि अहिलेको क्वारेन्टाइनको व्यवस्थापन गर्न कठिन रहेता पनि तीन तहका सरकारले विशेष रुपमा काम गरिरहेको छ । अभाव, पिडा र गरिविबाट मुक्त गराउने नगरपालिकाको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै उहाँले धारासायी बनेको पर्यटकीय क्षेत्रको विकास गर्न अहिलेको आवश्यकता रहेको औल्याउनुभयो । डोलेश्वर, सिवसर्किट, आशापुरी, सुवर्णेश्वर लगायतका भक्तपुरका महत्वपूर्ण पर्यटकिय क्षेत्रहरु भ्रमण गर्न पर्यटक आउने उल्लेख गर्दै उहाँले कोरोनाले धरासायी बनेको आर्थिक सुदृढिकरणको मेरुदण्डको रुपमा स्थापीत हुने बताउनुभयो ।

कार्यक्रममा वाग्मती प्रदेश सदस्यहरु डा. राजेन्द्रमान श्रेष्ठ, शशीजंग थापा, कृष्णलाल भँडेल, सरस्वती बाटी, रजनी जोन्छे, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, नेकपा जिल्ला अध्यक्ष बचन देउजा, नेपाली काँग्रेसका जिल्ला सचिव निशान ढुङ्गेल,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले कोरोनाको महामारी बिच आएका चुनौतीको सामाना गर्दै नगरपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव सूर्य गौतमले नगरपालिकले संघीय सरकारको लक्ष्य अनुरुप कार्यक्रमहरु ल्याएको बताउदै जनताले विकासको अनुभूति गरिरहेको बताउनुभयो ।

कार्यक्रम नगरपालिकाका प्रमुख वासुदेव थापाको अध्यक्षतामा भएको थियो । उहाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो भने आगामी ८ गते बजेट सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

प्रतिकृया