• ४ असोज २०८३, आइतबार
  • ५ः२० बिहान

विदेशी बुहारीलाई ७ वर्ष नेपालमा बसेपछि नागरिकता दिने नेकपाको निर्णय

प्रकाशित मिति

२०७७ असार ६ गते, शनिबार ०१:१६

काठमाडौँ, नेकपा सचिवालय बैठकले नेपालीसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिइनु उपयुक्त हुने निष्कर्ष निकालेको छ । सचिवालय बैठकले हाल संसदमा छलफलमा रहेको प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्ने गरी विधेयक अघि बढाउने निर्णय गरेको हो

National Life

नेपाली पुरुष नागरिकसँग विवाह गर्ने महिलाले प्राप्त गर्ने अङ्गीकृत नागरिकताको प्रावधानबारे विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा रहेको नागरिकता वा त्यस्तै अन्य प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेश गरेपछि मात्र सम्बन्धितले वैवाहिक अङ्गीकृत नागरिकता पाउनु उपयुक्त हुने निष्कर्ष निकालेको हो ।

नेकपा सचिवालय बैठकमा यसबारे छलफल भएपछि निष्कर्ष सुनाउँदै गैरआवसीय नेपालीको हकमा उहाँले सामाजिक, सांस्कृतिक र आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि प्राप्त गर्न सक्ने गरी उहाँहरूलाई आवासीय परिचयपत्र पाउनसक्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । हाल नागरिकता विधेयक संसदमा छलफलका क्रममा रहेका बेला नेकपाको सो निर्णय गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया