सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक
प्रकाशित मिति
२०७७ जेष्ठ ३१ गते, शनिबार १२:४१
काठमाडौं, सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । तीनवटै तहबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च भएको विवरण सार्वजनिक गरिएको हो ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण एवं प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशन समितिको निर्णयअनुसार कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरिएको हो ।
संघीय संचित कोषबाट श्रोत व्यवस्थापनमा ४ अर्ब १० करोड ५५ लाख ६ हजार खर्च भएको छ । त्यस्तै औषधि स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वारेन्टाइमा १३ करोड ५५ लाख ९८ हजार र अन्यमा ४० करोड ९५ लाद ९ हजार भएको भएको जनाइएको छ ।
सात वटै प्रदेशमा १ अर्ब ३० करोड ४ लाख ९९ हजार र स्थानीय तहमा २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च भएको विवरण सार्वजनिक भएको छ ।
प्रतिकृया