• २९ भदौ २०८३, सोमबार
  • ६ः१९ बिहान

नागार्जुन नगरपालिकाद्वारा आगामी वर्षको बजेट निर्माणका लागि राजनीतिक दलसँग सुझाव सङ्कलन सम्पन्न

प्रकाशित मिति

२०७७ जेष्ठ २२ गते, बिहीबार ०७:००

काठमाडौँ, नागार्जुन नगरपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणका लागि बिहिवार नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग सुझाव सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७÷ ७८ मा कार्यान्वयन हुने नगरपालिकाको नीति, कार्यक्रम र बजेट निर्माणको क्रममा नगरपालिकामा प्रतिनधित्व गर्ने तिनैवटा राजनीतिक दलसँग राय सुझाव लिएको नगरपालिकाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

National Life

उक्त छलफल कार्यक्रममा राजनीतिक दलका नेताहरुले कोरोना भाइरसबाट सिर्जित समस्याको समाधान गर्न सक्ने स्वास्थ्य सेवा र रोजगारी सिर्जना गर्न सक्ने बजेट निर्माण गर्न सुझाव दिएका छन् । राजनीतिक दलबाट प्राप्त सुझावलाई आत्मसाथ गर्दै नगरपालिकाको स्रोतले भ्याएसम्म सम्बोधन गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले बताउनुभयो ।

सो अवसरमा नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर नगरपालिका विभिन्न शाखा प्रमुख लगायतले राजनीतिक दलबाट राखिएको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

बुधवार बसेको नगरकार्यपालिकाको बैठकले अगामी असार १० गते नगरसभा गर्ने निर्णय गरिसकेको छ । सबै स्थानीय तहले आगामी वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र आआफ्नो सभामा पेश गर्नुपर्ने अन्तरसरकारी वित्त व्यवस्थापनमा उल्लेख गरिएको छ ।

प्रतिकृया