• ६ असोज २०८३, मंगलबार
  • ११ः२९ बिहान

कोरोनाले भन्दा आत्महत्याले धेरै मानिस मरेः लालबाबु पण्डित

प्रकाशित मिति

२०७७ जेष्ठ १८ गते, आईतवार ०९:३१

 

National Life

काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लालबाबु पण्डितले नोवेल कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनका बेला आत्महत्याका घटना बढेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै पण्डितले भने, ‘कोरोनाले भन्दा दशौं गुणा बढी ज्यान आत्महत्याले लिएको छ, यो विषयमा संघीय सरकारको ध्यान जानु पर्दछ । पूर्वमन्त्री समेत रहेका सांसद पण्डितले क्वारेन्टिनहरू चिन्ताजनक अवस्थामा रहेको बताए । क्वारेन्टिन व्यवस्थापनका लागि संघीय सरकारले स्थानीय तहलाई थप आर्थिक सहयोग गर्नुपर्ने उनको माग छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया