• ६ असोज २०८३, मंगलबार
  • ११ः३५ बिहान

रुकुम घटनामा वेपत्ता पाचौंको शव भेटियो

प्रकाशित मिति

२०७७ जेष्ठ १६ गते, शुक्रबार ०५:४४

 

National Life

रुकुम । पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा गत शनिवार बेलुका भएको घटनामा परेका पाँच जनाको शव भेटिएको छ ।

बेपत्ता भएका ६ जना मध्ये थप एक जनाको शव बिहिबार मध्यान्न भेरी नदी किनारमा फेला परेको हो । भेरी नगरपालिका ४ का सन्जु विकको शव जाजरकोटको छेडागाड नगरपालिकाको कालाभीरनजिक भेटिएको खोजी कार्यमा लागेका आफन्तले बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

भेरी नगरपालिका ४ का नवराज बिकको शव शनिबार राति नै भेरी नदि किनारमा भेटिएको थियो । आईतबार उनीसँगै गएका चौरजहारी नगरपालिका वडा नं. १ का २० बर्षिय टिकाराम बि.क.को शव घटनास्थलबाट करिब २५ किलोमिटर तल जाजरकोटको भेरि नगरपालिका वडा नं. १२ स्थित खोदा खोला नजिक भेटिएको थियो । सोमबार भेरी नगरपालिका वडा नंं. ४ का २१ बर्षिय गणेश बुढाको पनि शव भेटिएको थियो । उनको शव पनि टिकारामको शव भेटिएको स्थान नजिकै भेटिएको हो । त्यसैगरी भेरी नगरपालिका वडा नं. ११ का १८ बर्षिय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको थियो । उनको शव चौरजहारी १ स्थित चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको थियो । यस संगै उक्त घटनामा संलग्न ५ जनाको शव भेरि नदिमै फेला परेको हो ।

उनको शव भेटिएपछि अब बेपत्ता हुनेको संख्या १ रहेको छ । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही बेपत्ता रहेका छन् । उनकोे खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले गोताखोर टिम पनि घटनास्थल नजिकबाट बेपत्ताको खोजी कार्यमा गरिरहेको बताईएको छ ।

प्रतिकृया