• ३ असोज २०८३, शनिबार
  • ६ः५५ बेलुका

पनौती र बनेपामा भीषण वर्षा

प्रकाशित मिति

२०७७ जेष्ठ १४ गते, बुधबार ०९:४०

 

National Life

काभ्रे । काभ्रेको बनेपा र पनौतीमा भीषण वर्षासँगै बाढी आएको छ । यो ८० वर्ष यताकै सबैभन्दा ठूलो रहेको पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भीषण वर्षा र बाढी आएको उल्लेख गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बाँस्कोटाले लेखेका छन्, ‘पनौती र बनेपामा ८० वर्ष यताकै भीषण वर्षा र बाढी । सयौ रोपनीमा लगाईएको खेती र जमीन ध्वस्त । तीनपुल बगायो । करोडौंको भौतिक क्षति । तीनजना नागरिक रोशीको बाढीमा फसेका छन । उद्दार कार्य जारी । राति भएकाले हेलिकोप्टर जान सकेन । बाढीमा फसेकाको जीवन रक्षामा स्थानीय प्रशासनसँगै काम गरौं।’ भन्दै पोष्ट गरेका छन् ।

प्रतिकृया