• ४ असोज २०८३, आइतबार
  • ५ः३९ बिहान

कोरोना संक्रमित संख्या बढेपछि बाँकेमा फेरि निषेधाज्ञा जारी

प्रकाशित मिति

२०७७ जेष्ठ १४ गते, बुधबार ०९:२८

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले आज राति १० बजेदेखि अनिश्चितकालसम्म निषेधाज्ञा जारी गरेको छ ।

National Life

कोरोना भाइरस संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर अर्को सूचना जारी नहुँदासम्म निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सबै सेवा ठप्प हुने जनाइएको छ । मंगलबार मात्रै प्रमुख जिल्ला अधिकारीका रुपमा रामबहादुर कुरुम्वाङ बाँके पुगेसँगै निषेधाज्ञा जारी गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रमुख जिल्ला अधिकारी कुरुवाङ्गको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न अत्यावश्यक काम तोकेर त्यस बाहेकका कामलाई हिँडडुल समेत रोक्ने निर्णय गरेको हो ।

बुधबार राति १० बजे देखि अर्को आदेश नभएसम्मका लागि यो निर्णय लागू गरिएको प्रमुख जिल्ला अधिकारी कुरुवांङ्गले जानकारी दिए ।

बुधबार १० बजेदेखि अर्को आदेश नआउँदासम्म राजपत्रमा उल्लेख गरिएका आवश्यक सेवाहरु भोजनालय, औषधि पसल, फलफूल, तरकारी, खाद्यन्न पसल, अस्पताल, स्वास्थयकेन्द्र, ढुवानी, छापाखाना, बैंक, सुरक्षा, पेट्रोलिय पदार्थ, खानेपानी, फोहोरमैला संकलन, विद्युत, कृषि, पशुजन्य काम तथा वर्कशपजस्ता अत्यावश्यक सेवाहरु बाहेकका अन्य सेवारस्थलहरु अर्को आदेश नभइन्जेलका लागि बन्द हुने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि बाँकेमा वैशाख २२ गतेदेखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो । जिल्लामा अहिलेसम्म १७० जनाका कोरोना संक्रमण देखिएको छ ।

प्रतिकृया