• ४ असोज २०८३, आइतबार
  • १ः२३ राती

हालसम्म नेपालमा कोरोना संक्रमण फैलिएका जिल्ला यस्ता छन्

प्रकाशित मिति

२०७७ जेष्ठ १४ गते, बुधबार ०९:१७

 

National Life

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा बुधबारसम्म ४७ जिल्लामा फैलिएको छ ।

बुधबार रुकुम पूर्वमा समेत कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमण ४७ जिल्लामा पुगेको हो । हालसम्म सबैभन्दा बढी संक्रमित बाँकेमा १७० जना रहेका छन् भने त्यसपछि कपिलवस्तुमा १०९ जना र रौतहटमा १०७ जना रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

हालसम्म कोरोना संक्रमण फैलिएका ४७ जिल्लाबुधबारमात्रै ११४ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कूल संक्रमितको संख्या ८८६ जना पुगेको छ। यस्तै १८३ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका गरी ४ जनाको मृत्यु भएको छ । कोरोना भाइर नेपालमा दिनप्रति दिन बढि रहेको छ ।

कोरोना संक्रमण फैलिएका जिल्लाहरु यी हुन्

प्रदेश १
१. झापा
२. मोरङ
३. सुनसरी
४. उदयपुर
५. धनकुटा
६. भोजपुर
७. खोटाङ

प्रदेश २
८. सप्तरी
९. सिरहा
१०. धनुषा
११. महोत्तरी
१२. सर्लाही
१३. रौतहट
१४. बारा
१५. पर्सा

वाग्मती प्रदेश
१६. सिन्धुली
१७. रामेछाप
१८. काभ्रे
१९. सिन्धुपाल्चोक
२०. काठमाडौं
२१. भक्तपुर
२२. ललितपुर
२३. नुवाकोट
२४. मकवानपुर
२५. धादिङ
२६. चितवन

गण्डकी प्रदेश
२७. लमजुङ
२८. नवलपरासी (पूर्व)
२९. स्याङ्जा
३०. वाग्लुङ

प्रदेश ५
३१. नवलपरासी (पश्चिम)
३२. रुपन्देही
३३. कपिलबस्तु
३४. अर्घाखाँची
३५. गुल्मी
३६. दाङ
३७. बाँके
३८. बर्दिया
३९. रुकुम पूर्व

कर्णाली प्रदेश
४०. दैलेख
४१. जुम्ला
४२. सुर्खेत

सुदूरपश्चिम प्रदेश
४३. कैलाली
४४. कञ्चनपुर
४५. अछाम
४६. डडेलधुरा
४७. बैतडी

प्रतिकृया