• ५ असोज २०८३, सोमबार
  • १०ः३५ बिहान

दीपावली गरेर गणतन्त्र दिवस मनाउन गृहमन्त्रालयको अनुरोध

प्रकाशित मिति

२०७७ जेष्ठ १४ गते, बुधबार ०८:५७

 

National Life

काठमाडौं । गृहमन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

प्रतिकृया