• 1:22 am

विरामीमा कोरोना पुष्टि भएपछि ग्रान्डी अस्पताल सिल गर्ने तयारी

प्रकाशित मिति

May 23, 2020

काठमाडौं, शनिबार बिहान कोरोना संक्रमणको पुष्टि भएका काठमाडौंका पुरुष धापासीस्थित ग्रान्डी अस्पालमा उपचाररत बिरामी रहेको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार उनलाई टेकु अस्पतालको आइसोलेसनमा लैजाने तयारी गरिएको छ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गर्ने तयारी गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार बिहान अध्यावधिक गरेको कोरोना संक्रमणको विवरणमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३५ वर्षीय पुरुषमा संक्रमणको पुष्टि भएको जानकारी दिएको थियो ।

प्रतिकृया