गुल्मीका कोरोना सङ्क्रमित शिक्षकको शव जङ्गलमा अन्त्यष्टि
प्रकाशित मिति
२०७७ जेष्ठ ९ गते, शुक्रबार ०६:००
रुपन्देही, गुल्मीका कोरोना सङ्क्रमित शिक्षकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । उपचारका क्रममा रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको झण्डै ३१ घण्टापछि मदाने गाउँपालिका ६ पुर्कोट दहका शिक्षकको शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अस्पताल प्रशासन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिबिच छलफलपछि आज अपराह्न पौने २ बजे बुटवलदेखि पूर्वतर्फको जङ्गलमा व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।
यही जेठ १ गते उपचारका लागि रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पताल भर्ना हुनुभएका उहाँको जेठ ८ गते बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको थियो ।
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया