• २९ भदौ २०८३, सोमबार
  • ९ः३१ बिहान

विश्वभर २० लाख ८० हजार कोरोना संक्रमित निको भएर घर फर्किए

प्रकाशित मिति

२०७७ जेष्ठ ९ गते, शुक्रबार ०९:१२

 

National Life

काठमाडौं। साढे ४ महिनाभन्दा बढी समयदेखि विश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरसका कारण साढे २० लाख भन्दा धेरै मानिस कोरोना सङ्क्रमणबाट निको भएका छन् ।

५१ लाख ८८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा २० लाख ७८ हजार ४ सय ९४ जना निको भएका वल्डओमिटरले जनाएको छ । उपचार गराइरहेका २७ लाख ७६ हजारभन्दा धेरैमध्ये दुई प्रतिशत अर्थात साढे ४५ हजार जनाको अवस्था जटिल र बाँकी २७ लाख भन्दा धेरैको अवस्था सामान्य छ । ३ लाख ३४ हजार जनाको भने ज्यान गएको छ । गएको २४ घण्टामा विश्वभर ४ हजार ८ सय १९ जनाको ज्यान गएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा १३ सय जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९६ हजार नाघेको छ । अहिलेसम्म अमेरिकामा मात्रै १६ लाख १९ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ । त्यहाँ ३ लाख ८२ हजार कोरोनाका विरामी निको भएका छन् । यस्तै भारतमा कोरोेनाका नयाँ विरामी र ज्यान गुमाउनेको दर बढ्दै गएको छ ।

गएको २४ घण्टामा मात्रै भारतमा ६ हजारभन्दा धेरै नयाँ विरामी थपिएका छन् भने र १ सय ५० जनाको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ । यससँगै भारतमा कोरोना सङ्क्रमितको संख्या १ लाख १८ हजार नाघेको छ । अहिलेसम्म ३ हजार ५ सय ८४ जनाकोे ज्यान गएको छ ।

प्रतिकृया