• २८ भदौ २०८३, आइतबार
  • २ः४९ दिउँसो

चक्रवात निम्न चापीय प्रणालीका कारण नेपालको पूर्वी भागमा प्रभाव

प्रकाशित मिति

२०७७ जेष्ठ ९ गते, शुक्रबार ०७:०२

 

National Life

काठमाडौं । बँगालको खाडीको चक्रवात अंपुनले पश्चिम बँगाल र बँगलादेशमा ठुलो क्षति पुगेको छ । पश्चिम बँगालमा ७२ जनाको ज्यान गएको पुष्टि भएको छ । त्यहाँ ठुलो क्षति पुगेको छ ।

चक्रवात अहिले कमजोर भई निम्त चापीय प्रणालीको रुपमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले पूर्वी भागमा आंशिक प्रभाव बनाएको छ । स्थानीय वायुको पनि प्रभाग रहेकाले वर्षाको सम्भावना रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पूर्वी भू(भागमा सामान्य बदली, मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू(भागका १र२ स्थानहरुमा मेघ गर्जन र चट्याङ्र, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया