• ४ असोज २०८३, आइतबार
  • ५ः२० बिहान

काठमाडौं प्रवेश गर्न आएका चार सयभन्दा धेरै सवारीसाधन नागढुंगाबाट फिर्ता

प्रकाशित मिति

२०७७ बैशाख २६ गते, शुक्रबार ०९:०३

काठमाडौं । कोरोनाको जोखिम बढ्ने भन्दै काठमाडौं प्रवेशमा कडाइ गरिएको छ । पहुँचका आधारमा पास लिएर विनाकाम उपत्यका छिर्न खोज्ने करिब चार सयभन्दा धेरै सवारीसाधनलाई प्रहरीले फर्काएको छ ।

National Life

पछिल्लो चार दिनमा नागढुंगा नाकाबाट मात्र चार सय १६ सवारीसाधन फर्काइएका हुन् । जसमध्ये धेरैजसोले पास लिएका थिए । २२ वैशाखमा ७४, २३ गते एक सय तीन, २४ गते दुई सय २७ तथा २५ गते ४९ वटा सवारीसाधन फिर्ता पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।नयाँ पत्रिकाबाट साभार

प्रतिकृया