• ४ असोज २०८३, आइतबार
  • २ः४५ दिउँसो

आज बुद्ध जयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति

२०७७ बैशाख २५ गते, बिहीबार ०९:३०

 

National Life

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीसमक्ष आग्रह गरेका छन् । गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गरौँ भन्ने आग्रहका साथ प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमणबाट दिवंगत भएकाहरु प्रति श्रद्धासुमन अर्पण गर्न आग्रह गरेका छन्।

उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयम्सेवीहरु र यस कार्यमा सहयोगी हात बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन घर तथा संस्थाहरुमा द्वीप प्रज्वलनका लागि अपिल गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री केपी ओलीले कोरोनाभाइरसबाट जीवन गुमाएका तथा रोल्पा बम विस्फोटमा ज्यान गुमाएका प्रति पनि श्रद्धाञ्जली अर्पण गर्दै संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

प्रतिकृया