• 4:27 pm

आजदेखि सांसदहरुको कोरोना परीक्षण गरिने

प्रकाशित मिति

२०७७ बैशाख २५ गते, बिहीबार ०९:२५

 

काठमाडौं । बिहीबार (आज)देखि प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा कोरोना संक्रमणको परीक्षण गरिने भएको छ ।

संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजेदेखि प्रतिनिधिसभाका सदस्यहरुको पीसीआर प्रविधिबाट कोरोनाको परीक्षण सुरु हुनेछ । १० बजेदेखि राष्ट्रिय सभाका सदस्यहरुको परीक्षण सुरु हुनेछ । कोरोना परीक्षण गर्ने व्यवस्था संघीय संसद भवनकै ल्होत्से हलमा मिलाइएको छ ।एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको तयारी छ ।

सांसदहरुको टेष्ट गरिसकेपछि कर्मचारी, मर्यादापालक, पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

मंगलबार बसेको कार्यव्यवस्था समितिले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्थाका लागि आग्रह गरेको थियो । स्वास्थ्य मन्त्रालयले स्वीकार गरेपछि सचिवालयमा भएका चिकित्सकहरुका अतिरिक्त समेत थप गरेर कोरोना परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।

प्रतिकृया