• २७ भदौ २०८३, शनिबार
  • १०ः५८ बिहान

विश्वभर कोरोना संक्रमणबाट ५५ पत्रकारको मृत्यु

प्रकाशित मिति

२०७७ बैशाख २० गते, शनिबार १२:३५

 

National Life

काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण विश्वभर ५५ जना पत्रकारले ज्यान गुमाएका छन् । गत दुई महिनामा कोरोना सम्बन्धी समाचार संकलन गर्ने ५५ पत्रकारको मृत्यु भएको प्रेस अभियान (पीईसी)ले जनाएको छ । कोरोनाको समाचार संकलन गर्न जाँदा उचित स्वास्थ्य सावधानका पोशाक (पीपीई)अभावका कारण कोरोना सङ्क्रमित भई ज्यान गुमाउनु परेको बताइएको छ।

मृत्यु हुनेमा विश्वका विभिन्न २३ मुलुकका सञ्चारकर्मीमा रहेको पीईसीले जनाएको छ। उपचारकै क्रममा उनीहरुको मृत्यु भएपछि पीईसीले सञ्चारकर्मीलाई काममा लगाउँदा सुरक्षा सतर्कताका न्यूनतम पोशाकको प्रबन्ध गर्न आह्वान समेत गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै पीईसीले पारदर्शिता सर्वोपरि रहेको र यसको प्रयोगले स्वास्थ्य सङ्कटमा नागरिकको जीवन बचाउन सकिनेमा जोड दिएको छ। विश्वभर कोरोना भाइरस (कोभिड १९)बाट जीवन गुमाउनेको संख्या २ लाख ३९ हजार नाघेको छ । ३३ लाख ९८ हजार ४ सय ७३ जना संंक्रमित छन् । त्यसमध्ये १० लाख ८० हजार १ सय १ जना पूर्ण रुपमा निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

प्रतिकृया