• २७ भदौ २०८३, शनिबार
  • १०ः३१ बिहान

नेपाल कोरिया अस्पतालमा कोरोनाको उपचार विधीको नाटकिय अभ्यास

प्रकाशित मिति

२०७७ बैशाख २० गते, शनिबार १२:१६

भक्तपुर, विश्वभरी फैलिएको कोरोना भइरस (कोभिड–१९) को महामारी विश्व नै त्रासित भएको छ । सो महामारीबाट बच्न विभिन्न राष्ट्र लकडाउन अवस्थामा छ । सोहीक्रममा  मध्यपुर थिमी नगरपालिकाको सञ्चालनमा रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना भाइरसका पोजेटिभ देखिएका बिरामीको उपचार विधीको नाटकिय अभ्यास गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरको पहलमा आज कोरोना भाइरस पोजेटिभ भएका बिरामी अस्पतालमा आए कसरी उपचार गर्ने भन्ने विषयमा नाटकिय अभ्यास गरिएको हो ।

National Life

८ वटा एम्वुलेन्समा विभिन्न स्थानबाट आएका विरामीहरु एकै पटक अस्पताल पुगेपछि अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले बिरामीको अवस्था हेरेर आइसोलेसन वार्ड सम्म पुर्‍याएका थिए । नाटकीय अभ्यासमा ८ जना कोरोना पोजेटिभ भएका बिरामी र ११ जना कोरोनाका शंकास्पद बिरामीहरु अस्पतालमा लगिएको थिए ।

नाटकीय अभ्यास अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुलाई थाहा नदिई गरेको अस्पतालका अध्यक्ष एंव मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

बिरामी बोकेका एम्वुलेन्स अस्पताल पुगेपछि कर्मचारी तथा चिकित्सकहरु केहि आत्तिएका र आइसोलेसन वार्ड पुर्‍याउनुपर्ने बिरामी समेत ईमर्जेन्सी वार्डमा पुर्‍याएकाले केहि पक्षहरु सुधार गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कोरोना जोखिम न्युनिकरण तथा कोरोनाका बिरामीको उपचारका लागि मध्यपुर थिमी नगरपालिकाले अस्पतालको लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई कोरोना अस्पतालको रुपमा सञ्चालन गर्न ६ वडा भेन्टिलेटर सहितको १६ वेडको आइसोलेसन वार्ड र कोरोनाको पिसिआर परिक्षण ल्याव समेत तयारी अवस्थामा राखेको छ ।

हाल सम्म नेपालमा ५९ जनामा कोरोना पोजिटिभ देखिएको छ भने १६ जना सन्चो भइ घर फर्कि सकेका छन् । नेपाल यही बैशाख २५ गते सम्म लकडाउन लगाएको छ ।

प्रतिकृया