अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली तयार
प्रकाशित मिति
२०७७ बैशाख ११ गते, बिहीबार ०१:२२
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने तयारी गर्नु भएको छ । पार्टी शीर्ष तहबाट नै दबाब सिर्जना भएपछि ओली अध्यादेश फिर्ता लिने तयारीमा पुगेका प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
आज विहान प्रधानमन्त्री ओलीसँग पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालले भेट गर्नुभएको थियो ।नेताद्धयसँगको भेटमा पनि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिनेबारे आफू सकारात्मक भएको बताउनुभयो । समाजवादी पार्टी र राजपा नेपालबीच एकता भएपछि प्रधानमन्त्री ओलीको अध्यादेश ल्याउनुको औचित्य नभएकोले उहाँ ब्याक भएको पनि चर्चा चल्न थालेको छ ।
राजपा र समाजवादी पार्टीबीच हिजो मध्यरातमा एकता घोषणा भएको थियो । उनीहरुले जनता समाजवादी पार्टी, नेपाल नामको पार्टी निर्वाचन आयोगमा दर्ता गर्न निवदेनसमेत दिईसकेका छन् । आयोगमा दल दर्ताको १३८८ नम्बर निवेदन दर्ता भैसकेको छ ।
अब अध्यादेश फिर्ताको लागि सरकारले नै राष्ट्रपतिसमक्ष सिफारिश पठाउनुपर्ने हुन्छ । संविधानको धारा ११४ को उपधारा २ को ‘ख’ मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ।






प्रतिकृया