• ६ असोज २०८३, मंगलबार
  • ११ः१० बिहान

वडा सचिव मृत अवस्थामा फेला

प्रकाशित मिति

२०७७ बैशाख ११ गते, बिहीबार ०१:१४

तुलसीपुर, बबई गाउँपालिका वडा नम्बर १ का वडा सचिव मृत अवस्थामा फेला पर्नुभएको छ । ३ महिना अघि वडा कार्यालयमा सरुवा भएर आउनुभएका बुद्धभूमि नगरपालिका वडा नम्बर ४ बुद्ध गाउँका २६ वर्षिय हरिप्रसाद पन्थी आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष खडगबहादुर कवरले जानकारी दिनुभयो ।

National Life

गाउँपालिकाको वडा कार्यालय गङ्टेको नजिकै कोठाभित्र चुकुल लगाएको अवस्था र झ्यालमा समेत ग्रील लगाएका कारण आफै झुन्डिएर मृत्यु भएको हुन सक्ने अध्यक्ष कुवरले जानकारी दिनुभयो । वैशाख ७ गतेदेखि वडा सचिवसँग आफ्नो भेट नभएको समेत अध्यक्ष कुवरले जानकारी दिनुभयो ।

प्रतिकृया