• ६ असोज २०८३, मंगलबार
  • ११ः२७ बिहान

सशस्त्र प्रहरीद्वारा गाजा बरामद

प्रकाशित मिति

२०७७ बैशाख ९ गते, मंगलवार ०८:२४

रौतहट । रौतहट सशस्त्र प्रहरी टोलिले अज्ञात ब्यक्तीले फाली भागेको ९ किलो ५०० ग्राम लागू औसध गाजा बरामद गरेको छ।

National Life

गुजरा नगरपालिका नगरपालिकाको सिम्री र भेडवाको विचमा सशस्त्र प्रहरीले आईतवार साँझ बेवारिसे अवस्था साढे ९ किलो लागु औषध गाँजा बरामद गरेको हो।

गुजरा नगरपालिका वडा नम्वर ४ जैगलसहिया स्थित लालबकैया पारी सिम्रीबाट भेडवा तर्फ आउदै गरेको नम्वर नखुलेको मोटरसाइकलमा बसेका दुई जना व्यक्तिले गस्तीमा रहेका सशस्त्र प्रहरीलाई आईतवार साँझ साढे ६ बजेको समयमा नजिक आउदै गरेको देखेर पछाडी बस्ने व्यक्तिले कालो रंगको व्याग फालेर भागे शस्त्र प्रहरी उपरिकक्षक बिनराज कर्नीकारले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

जंगलसहिया स्थित सशस्त्र क्याम्पका सशस्त्र प्रहरी सहायक निरीक्षक सुरेश यादवको टोलीले उक्त बेवारिसे अवस्थामा रहेको व्यागलाई बरामद गरेर हेर्दा लागु औषध गाँजा रहेपछि आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर गण गौर पठाए ।

बरामद भएका ९।५ किलोग्राम गाँजालाई गणमा आवश्यक अनुसन्धन पछि कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटलाई बुझाइएको उपरिक्षक कर्णजितले जानकारी दिएका छन् ।

प्रतिकृया