• २३ भदौ २०८३, मंगलबार
  • ६ः१७ बेलुका

मन्त्री मगरद्वारा आफ्नो निर्वाचन क्षेत्रमा १ सय क्विन्टल चामल सहयोग

प्रकाशित मिति

२०७७ बैशाख २ गते, मंगलवार ११:१४

 

National Life

कञ्चनपुर । नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले आफनो निर्वाचन क्षेत्रमा एक सय क्विन्टल चामल बितरण गरेकी छन । मन्त्री बिना मगरले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो व्यक्तिगत तर्फबाट एक सय क्विन्टल चामल सहयोग गरेको उनका स्वकीय सचिव प्रकाश मगरले जानकारी दिएका छन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिका गरी ४ वटै स्थानीय तहमा २५ क्विन्टलका दरले सहयोग स्वरुप चामल प्रदान गरेका हुन ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री मगर उपस्थित हुन नसके पनि खानेपानी मन्त्री बिना मगरको सचिवालयका प्रतिनिधि दीपक तिमिल्सेना, सुन्दर चौधरी र प्रकाश मोक्तान सहितको टिमले चारवटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरुलाई उक्त सामग्री हस्तान्तरण गरेको बताइएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र न्युनीकरणका लागि सरकारले जारी गरेको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरी खाने वर्गलाई समस्या भएपछि उनीहरुलाई राहत स्वरुप वितरण गर्न मन्त्री बिना मगरले व्यक्तिगत रुपमा सहयोग गरेकी हुन ।

उनले सबै नागरिकलाई अप्ठ्यारो परेको महशुस गरी थप राहतका लागि आफुले समन्वय गर्ने बताइन । स्थानीय, प्रदेश र संघीय गरी तीनै तहका सरकारका साथै बिभिन्न दाता र दातृ संघसंस्थाहरुले पनि समन्वयात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याइन । मन्त्री बिना मगरले सबै नागरिकलाई सरकारले जारी गरेको लक डाउनको पूर्ण पालना गर्न आग्रह गरेकी छन ।

प्रतिकृया