• २३ भदौ २०८३, मंगलबार
  • ६ः०७ बेलुका

लकडाउन लम्ब्याउन मन्त्रिपरिषद ११ बजे बैठक बस्दै

प्रकाशित मिति

२०७७ बैशाख २ गते, मंगलवार ०९:५३

काठमाडौं । लकडाउन लम्ब्याउने बिषयमा छलफलका लागि मन्त्रिपरिषदको बैठक विहान ११ बजे बस्दैछ । बैठक कोरोना भाइरस रोकथामको भावी योजना बनाउन केन्द्रित रहने बुझिएको छ ।

National Life

प्रधानमन्त्री निकट स्रोतका अनुसार बैठकले लकडाउन लम्ब्याउनेबारे निर्णय लिएको छ । लकडाउन एक हप्ता देखि दुई हप्तासम्म लम्ब्याउनेबारे निर्णय हुने स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय भारतबाट लकडाउनकै समयमा नेपाल छिरेकाहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकार गम्भीर भएको हो । भारतमा लकडाउनको समय थप्ने तयारी भइरहेको छ । १० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दैछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोना रोकथामका लागि नेपाल र भारत सहकार्य गरी अगाडि बढ्ने सहमति भए अनुसार लकडाउन लगायतका रणनीतिहरु दुई देशको समन्वयमा हुनथालेको छ । भारतमा कोरोना संक्रमण फैलिइरहेको र नेपालमा पनि थप संक्रमित भेटिएको अवस्थामा लकडाउन अझ कडा हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमामा अझ कडाई गर्न निर्देशन समेत दिइसकेका छन् ।

प्रतिकृया