• ६ असोज २०८३, मंगलबार
  • ११ः३३ बिहान

एनआरएनएको २४ घण्टे हेल्पलाइन सञ्चालनमा

प्रकाशित मिति

२०७६ चैत्र ३० गते, आईतवार ०२:०३

काठमाडौँ, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए०ले आजदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ ।

National Life

काठमाण्डौमा रहेको सङ्घको सचिवालयबाट २४ सै घण्टा सञ्चालन हुने यस हेल्पलाइनमा कोरोना महामारीका कारणले अलपत्र परेका नेपाली, वैदेशिक रोजगारीमा रहेका नेपाली, नेपाली विद्यार्थीलगायतले फोन गरेर आआफ्ना समस्या टिपाउन सक्नेछन् । भाइवर, ह्वाट्सअपबाट पनि हेल्पलाइनमा सम्पर्क गर्न सकिने सङ्घले जनाएको छ ।

बिहान ८ बजेदेखि देखि अपराह्न ५ बजेसम्म ९८४१२८०००५, साँझ ५ देखि राति १२ बजे सम्म ९८०८३१२५५५ र राति १२ देखि बिहान ८ बजेसम्म ९८२३४५८२०४ नम्बरमा सम्पर्क गरी समस्या राख्न सकिने सङ्घले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया