• ६ असोज २०८३, मंगलबार
  • ८ः४४ बिहान

प्रतिलिटर १० रुपैयाँ घट्यो  पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा

प्रकाशित मिति

२०७६ चैत्र १९ गते, बुधबार ०९:०८

काठमाडौं। अन्तराष्ट्रिय बजारमा तेलको भाउमा गिरावट आएपछि नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ ।
कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको हो । १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल र मटितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

National Life

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया