• ४ असोज २०८३, आइतबार
  • ५ः२० बेलुका

दैनिक ५० आन्तरिक उडान कटौती

प्रकाशित मिति

२०७६ फाल्गुन ३० गते, शुक्रबार ०७:०२

काठमाडौँ । कोभिड १९ को प्रभावका कारण नेपालको आन्तरिक उडानमा दैनिक कम्तिमा ५० वटा उडान कटौती हुन थालेको छ । वायुसेवा सञ्चालक संघका अनुसार राजधानी काठमाडौँबाट हुने दैनिक उडानको तालिका १ सय ८२ हाराहारी छ तर यात्रु नभएर उडान रद्द भइरहेका छन् ।

National Life

संघका प्रवक्ता योगराज कँडेलले काठमाडौँबाट सुगम रुटका लागि दैनिक १ सय १७ वटा उडानको तालिका रहे पनि ८९ वटा मात्रै भइरहेको जानकारी दिए । सबैभन्दा धेरै उडान कटौती काठमाडौँ पोखरा रुटमा रहेको छ ।

पर्यटक आवागमन ह्वातै घटेकाले यो रुटमा उडान संख्या ठूलो मात्रामा कटौती भइरहेको कँडेलले बताए । व्यवसायीहरुले सर्वा्धिक नाफा गर्नेमध्येमा पर्ने काठमाडौँ पोखरा रुटमा पहिलेको दाँजोमा ९० प्रतिशत विदेशी पर्यटक घटेका छन् । उनले भने । कान्तिपुर दैनिकबाट साभार गरिएको ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया